काँग्रेसको सात जिल्लामा आज वडा अधिवेशन सम्पन्न
असोज ५, २०७८काठमाडौं - नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सात जिल्लामा आज वडा अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमा समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा वडा अधिवेशन पछि हुने भएको हो ।
सबै पढ्नुहोस