अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को क्लाइमेक्स दृश्य टिकटकमा लीक
मङ्सिर १८, २०७९काठमाडौं- अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को महत्वपूर्ण दृश्य टिकटकमा लीक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स सीन’ मानिएको छ । मनाङमा छायांकन भइरहेको चलचित्रको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा पोस्ट गरेका छन् । अनमोल र अर्का अभिनेता रविन तामाङबीचको झगडा र संवादलाई सार्वजनिक भिडियोमा समावेश गरिएको छ ।
सबै पढ्नुहोस