ईटहरीमा चार करोड बढीको लागतमा पुल निर्माण शुरु
माघ ८, २०७८विराटनगर- ईटहरी र ईनरुवा जोड्ने पक्की पुलको सिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका १५ स्थित भोटिया खोलामा पूल निर्माणको लागि शिलान्यास भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४ करोड १६ लाख ४१ हजारको लागतमा पूल निमार्णको सम्झौता भएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ । पुल शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पुल निर्माणपछि स्थानीयलाई राहत हुने बताए ।
सबै पढ्नुहोस