धनुषा-३ मा जुली महतोको अग्रता कायमै
मङ्सिर ६, २०७९धनुषा- धनुषा क्षेत्र नं -३ को मतगणनामा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । पछिल्लो अपडेटअनुसार एमालेकी जुली महतोले चार हजार ९९५ मत ल्याएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले तीन हजार ८६६ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार शम्भु साहले एक हजार तीन मत पाएका छन् । यहा स्वतन्त्र उम्मेदवार उमेश साहले ३३ मत ल्याएका छन् ।
सबै पढ्नुहोस