महानगरले फोड्यो विद्यार्थी युनियनले लगाएको ताला
बैशाख १४, २०८०काठमाडौं- कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ। बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर प्रहरीले उक्त ताला खोलेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
सबै पढ्नुहोस